३१ साउन । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामार्इ नगरपालिका २ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटना भएको छ।
सो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल र उदय मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्यान बोक्ने गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो दुर्घटनामा परेको हो। सो दुर्घटनामा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक छ। उनीहरूलाई उपचारका लािग काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया