८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


न्युरोडबाट सुनको सिक्री किन्ने बाहनामा लगाएर भागेपछि …



काठमाडौं
३१ साउन । काठमाडौंको न्युरोडबाट सुनको सिक्री किन्ने बाहना बनाएर सिक्री लगाएर भागेपछि उनीसहित दुई जना प्रहरीको फन्दामा परेका छन् ।

काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित नारायण ज्वेलर्सबाट करिब ५२ वर्षीया अपरिचित महिलाले शुक्रबार दिउँसो सुनका गहना खरिद गर्ने भनी २ तोला २० लालको लिई फरार भएकी थिइन् ।

घटनाका अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ५२ वर्षीया लिना नकर्मी र काठमाडौं महानगरपालिका–२३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका संचालक भारत पश्चिम बंगाल राज्य मोदिनिपुर घाटल थाना कुशपता ग्राम घर भएका ५२ वर्षीय चित्र रञ्जन हजारा पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा लिनाले चोरी गरेको सुनका गरगहना काठमाडौं न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
लिनाले यस अघि चोरीका करिब १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ भने प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री १ थान समेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  २ : ४२ बजे