३१ साउन । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परी मृत्यु भएकी स्कुटर चालकको पहिचान अझै खुल्न सकेको छैन।
यसअघि स्कुटर चालकको पहिचान खुलेको भन्दै एक महिलाको नाम र ठेगाना सार्वजनिक भएतापनि उक्त महिला स्कुटर चालक नभएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो।
तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ।
घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन्। दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका थिए।
प्रतिक्रिया