३१ साउन । आज मध्यरातबाट देशभर नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौ पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।
यस अघि पेट्रोल प्रतिलिटर १७०, र र डिजल तथा मट्टीतेल १५८मान किनबेच हुने गरेको थियो ।
हवाई इन्धन र खाना पकाउने एलपि ग्याँस लगायतको मूल्य यथावत नै कायम राखेको छ ।
नयाँ मूल्य आज बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।
प्रतिक्रिया