८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बौद्धमा गाईजात्रा तथा रोपाइँ जात्रामा विधिध कार्यक्रम प्रर्दशन गरिने



काठमाडौँ
३० साउन । यही भदौं ५ गते राजधानीको बौद्धमा गाईजात्रा तथा रोपाइँजात्रामा विधिध कार्यक्रम प्रर्दशन गरिने कार्यक्रम छ ।
जात्रामा घिनतिङ नाका कार्यक्रम, घोनाई कार्यक्रम, हाँस्य व्यङ्गय तथा साँस्कृतिक कार्यक्रम, र रोपाईँ जात्रालगायतका कार्यक्रम आयोजना गरिएको जात्रा आयोजक समितिका संयोजक जनमङ्गल लामाले बताएका छन् । जात्रामा प्रस्तुत हुने विविध विधामा लाखे, रोपार, बाउसे, हाँस्य—ब्यङ्गय, झाँकी, ख्याली, बाल रोपार, बाल बाउसे, बाल लाखे, हलि र घाडा रहेका छन् ।
रोपाइँजात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्धले यही भदौ ५ गते गाईजात्रा तथा रोपाइँजात्राको आयोजना गर्ने भएको छ ।
समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको र विविधताभित्रको साँस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइजात्रालाई जीवित राख्ने उद्देश्यले यस वर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ४६ बजे