८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय



३२ साउन । सरकारले ‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा नेपालका तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङका अनुसार, भलिबलका मुख्य प्रशिक्षकलाई रु दुई लाख, व्यवस्थापकलाई रु एक लाख तथा सहायक प्रशिक्षक र फिजियोलाई जनही रु एक लाख २० हजारका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : १० बजे