भक्तपुर
१ भदौं । भादगाउँले टोपी प्रयोगकर्ताहरू कम हुँदै जाँदा व्यवसायीहरू निराश हुँदै गएका छन् ।
भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने बताएका हुन् ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी मैयाँ धाबन्जाले भादगाउँले टोपी प्रयोगकर्ताहरू कम हुँदै जाँदा व्यवसायीहरू निराश देखिएको बताउँदै भक्तपुरको मौलिक टोपी प्रयोग गर्न सबैलाई उत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।
भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम्भिक साधारण सभा मौलिक भादगाउँले टोपीको पहिचान र प्रबद्र्धनका लागि सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको शानलाई अझ उच्च राख्न व्यवसायीहरूले निरन्तर यसको संवर्द्धन र प्रवर्द्धनमा लाग्नुपर्ने बताउँदै भक्तपुरका मौलिक वस्तुहरूको ट्रेडमार्क कायम गर्न सके अझ फलदायी हुने बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरूले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै यसको प्रवर्द्धनमा हामी एक जुट भएर लाग्नु पर्ने बताए । उनले नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्दै आइरहेको बताउँदै भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुः जुः धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप प्रदान गर्दै आएको बताए ।
उनले भादगाउँले टोपीको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै घरेलु उद्योगहरूलाई प्रवर्द्धन गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा भादगाउँले कालो टोपी उद्योगका सङ्घका अध्यक्ष सिताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपीको प्रयोगलाई सरकारी कार्यालयका कर्मचारीहरूमा अनिवार्य गर्न सके यसको संरक्षणमा टेवा पुग्ने बताए ।
उक्त कार्यक्रममा सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला सङ्घका अध्यक्ष शम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड व्यापार सङ्घका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
१ भाद्र २०८१, शनिबार
60
Shares
प्रतिक्रिया