३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुसमा शक्तिशाली भुकम्पको धक्कापछि ज्वालामुखी विस्फोट



काठमाडौ
२ भदौं । रुसमा शक्तिशाली भुकम्पको धक्कापछि ज्वालामुखी विस्फोट भएको छ ।
समाचार संस्थाहरुका अनुसार रुसको पूर्वी तट नजिकै ७ रेक्टरस्केलको भूकम्प गएको हो । रुसी सरकारी संचार माध्यमका अनुसार भूकम्पपछि सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा ज्वालामुखी पनि विस्फोेट जनाएका छन् ।

सो सहरमा करिब १ लाख ८० हजार मानिसको बसोबास रहेको छ । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको बताइएको छ ।

ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको छ । भूकम्पपछि सुनामीको खतरा भने जारी गरिएको छैन ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : ४१ बजे