१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


सबैभन्दा वृद्ध पाण्डाले जन्माइन जुम्लाहा सन्तान, दुर्लभ घटनाले हङकङमा खुसियाली



 

हङकङ
२ भदौं । विश्वमा पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा सन्तान जन्माएकी छिन् ।

चिनियाँ समाचार संस्थाहरुका अनुसार हङकङको ओशन पार्कमा जन्मिएका जुम्ल्याहा पाण्डाका सन्तानहरु विश्वकै सबैभन्दा बृद्धा आमाले जन्माएकी हुन । ती जुम्लाहा बच्चाहरूलाई संसारमा स्वागत गरिएको छ ।

ओशन पार्कका अनुसार १९ वर्षीया यिङ यिङले पाँच घण्टाभन्दा प्रसव पीडा पछि एक भाले र एक पोथी सन्तानलाई जन्म दिएकी हुन्।

 

एक सोशल मिडिया पोस्टमा ओशन पार्कले साझा गर्दै भनेको छ, ‘हङकङमा पहिलो विशाल पाण्डावाट जुम्ल्याहा सन्तानको जन्मको स्वागत गर्न पाउँदा रोमाञ्चित छौं ।’

 

पार्कले पाण्डाहरू सफलतापूर्वक प्रजनन गर्न वर्षौंदेखि प्रयास गरेको थियो विशाल पाण्डा महिलाहरू वर्षमा एक पटक मात्र ओभ्युलेट गर्छन्, जसले यी जुम्ल्याहा बच्चाहरूको जन्मलाई अझ विशेष बनाएको छ ।

यिङ यिङको १९ औँ जन्मदिनको एक दिनअघि ओशन पार्कमा अगस्ट १५ मा शावकको जन्म भएको थियो। उनी संसारको सबैभन्दा पहिलो वृद्ध पाण्डा दुई सन्तानको आमा बनेकी हुन ।

‘यो जन्म एक साँचो दुर्लभता हो, विशेष गरी यिंग यिंगलाई पहिलो पटक सफलतापूर्वक जन्म दिने रेकर्डमा सबैभन्दा पुरानो विशाल पान्डा हो,’ पार्कले सामाजिक सञ्जाल पोस्टमा भनेको छ ।

‘पहिलो पटक आमाको रूपमा प्रसवको समयभरी यिङ यिङ नर्भस थिइन्। उनले आफ्नो धेरैजसो समय भुइँमा सुतेर र घुमेर बिताइन्, अन्ततः बिहान उनले सन्तानलाई संसारको सामु देखाईन्’ चिनियाँ सञ्चारमाध्यमले लेखेका छन ।

जुम्ल्याहा बच्चाहरू एक घण्टाको अन्तरमा जन्मिएका थिए । ओशन पार्कलेका अनुसार पार्कको पशु बिशेषज्ञ टोली र भेटनरी विशेषज्ञहरूले आराम प्रदान गराएका थिए । उनीहरुका अनुसार यिङ यिङले क्रमशः बिहान २.०५ बजे र ३.२७ मा सुरक्षित रूपमा जुम्ल्याहा बच्चाहरू जन्माउन सकिन ।

नवजात शिशुहरू विशेष गरी पोथी धेरै कमजोर हुन्छन्। जुम्ल्याहा बच्चाहरू ओशन पार्कका पशु विशेषज्ञहरू र भेटेरिनरी टोलीद्वारा २४ घण्टा हेरचाह र निरीक्षणमा रहेका छन्।

पार्कका अनुसार अहिले कुनै नाम नराखिएका पोथी पाण्डा भाइको तुलनामा शरीरको तापक्रम कम छ र कमजोर भएकाले रोइराखेकी छे र खाना पनि कम खाईरहेकी छे ।

पोस्टको अन्त्यमा ‘हामी सबै विशाल पाण्डाका सन्तालाई भेट्न उत्सुक छौं। कृपया केही महिना धैर्यताका साथ तिनीहरूलाई बाँच्न दिए पछि सबैलाई आधिकारिक रूपमा देखाउँनेछौं, पर्खनुहोस् ।’

पार्कका कर्मचारीले खुसीयालीमा केक काटेर खाएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  २ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।