९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुपाल्चोकमा सुख्खा पहिरो



३ भदाै । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७मा सुख्खा पहिरो खसेको छ। तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा खसेको सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ। सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा रहेको प्रहरीले जनाएको छ। जोखिममा रहेका स्थानीयहरू र अस्पतालका सामग्री सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा लिगँदैछ।

नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने भएकाले सुरक्षा निकायले पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन भनेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।