३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


गोसाइँकुण्ड पुगे ११ हजारभन्दा धेरै भक्तजन 



रसुवा
३ भदौ  । नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आज जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएका छन् ।
जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन धार्मीककार्य सम्पन्न गरी धमाधम आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन् ।
व्यक्तिगत सवारीसाधन प्रयोग गर्ने तीर्थयात्री रसुवाबाट बाहिरीसकेका छन् भने सार्वजनिक यातायात प्रयोग गर्ने तीर्थयात्रु भने बस तथा माइक्रो पर्खाइमा रहेका छन् ।
मेलामा आउने यात्रुलाई सहज तुल्याउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका छन् ।
तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुञ्चे, हिमालय उद्धार सङ्घ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पु¥याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
सामान्यबाहेक तीर्थयात्रुलाई कुनै समस्या नपरेको चिकित्सकले जनाएका छन् । पानी नपरेका कारण पैदल मार्गमा हिड्न सहज भएको यात्रुले प्रतिकृया दिएका छन् । गोसाइँकुण्ड क्षेत्रमा अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा १० गुणाबढी असुलेका कारण आफूहरू ठगिएको पनि यात्रुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ६ : २० बजे