काठमाडौँ
३ भदौ । सांस्कतिक संस्थान(नाचघर)को आयोजनामा गाईजात्रा महोत्सव सुरु भएको छ ।
महोत्सवमा धुर्मुस–सुन्तली, पल्पसा चम्सुरी, जोगिन्दर मुला साग, लक्ष्मण नाम्नागेलगायतका कलाकारले सामाजिक र राजनीतिक विकृतिविरुद्ध दमदार प्रस्तुती दिए । कार्यक्रममा भक्तपुरका नेवारी समुदायको माकः प्याखँ नृत्य पनि देखाइएको छ ।
राष्ट्रिय नाचघर जमलमा आजदेखि ‘श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव, २०८१’ सुरु गरिएको हो ।
संस्थानले नेवार समुदायको विशेष सांस्कृतिक पर्व गाईजात्रालाई सांस्कृतिक परम्परा, मूल्य मान्यताअनुरुप उत्सवका रुपमा मनाउन महोत्सव आयोजना गरिएको जनाएको छ ।
महोत्सवको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले यस प्रकारका महोत्सवले मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण र जगेर्ना गर्ने बताए ।
महोत्सव यही भदौ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव प्रत्येक दिन साँझ पाँच बजेदेखि सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया