८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं आउने जाने राजमार्ग नागढुंगामा पहिरो, यात्रा कठीन



काठमाडौं
५ भदौ । भर्खरै काठमाडौं आउने जाने सडक नागढुंगामा पहिरो गएको छ । मुख्य नाकामै पहिरो गएपछि यात्रुलाई राजधानी आउन र जान कठीन भएको छ ।

यहाँ बिहानपख ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको हो ।

यहाँ बेला–बेला पहिरो झरिरहेको छ । त्यसैले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ ।
सडक अवरुद्ध भएपछि धेरै यात्रुहरु अलपत्र परेका छन् ।
धेरै यात्रु राजमार्ग बन्द भएपछि खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक हुँदै राजधानी आउने जाने गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ६ : ५२ बजे