९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राप्ती नदीको बगरमा पुरुषको शव भेटियो



५ भदौ । मकवानपुर राप्ती नदीको बगरमा एउटा शव फेला परेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११, थानाभर्‍याङस्थित सुकुमवासी टोलनजिकै राप्ती नदीको बगरमा मंगलबार साँझ अज्ञात पुरुषको शव भेटिएको हो।

अन्दाजी ३०/३५ वर्षका पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानएको छ। शव बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए।

पोस्टमार्टमका लागि शव हेटौँडा अस्पतालमा राखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ६ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।