५ भदौ । सूर्यविनायक नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको छ। सूर्यविनायक-८ स्थित डोलेश्वर महादेव मन्दिरलाई २०६६ भाद्र ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो। स्थानीयले उक्त दिनलाई पर्वका रुपमा मनाउँदै आएका छन्।
अत्यवश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामार्फत नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया