३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


केदारनाथ नजिकै पहिरोः चार नेपालीको मृत्यु



७ भदौ । भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिने स्थिति थियो । यस्तोमा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकाले । शवलाई रुद्रप्रयाग लगिने बताइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ७ : ३६ बजे