३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना



९ भदौ । भारतमा नेपाली तीर्थयात्री बोकको बस दुर्घटना भएको छ । बिहारको समस्तीपुरमा आइतबार बिहान बस दुर्घटना भएको हो ।
बाराको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैलसवालका अनुसार वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको हो । बसमा ४३ यात्री सवार रहेको र उनीहरू देवघरतर्फ गइरहेका थिए ।
दुर्घटनामा परेको बस ना७ख ६४४६ नम्बरको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको बताइएको छ ।

ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको र दुर्घटनामा कम्तीमा ३५ जना तीर्थयात्री घाइते भएको जनाइएको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ४१ बजे