६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बेहुली फ्रम मेघौली’सँग नजुध्ने भयो सानो संसार’, घटस्थापना अघि नै प्रदर्शन



काठमाडौँ 
९ भदौं । नेपाल चलचित्रकी चिरपरिचित जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई सोलो प्रर्दशन गर्न सहयोग गर्दै चलचित्र ‘सानो संसार’, घटस्थापना अघि नै प्रदर्शन हुने भएको छ ।

चलचित्र ‘सानो संसार’, घटस्थापना अघि नै प्रदर्शन हुने भएपछि चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई फाइदा हुने देखिएको छ ।

निर्माता अर्जुन कुमारले असोज १७ गते अर्थात् घटस्थापनामा आउने भनिएको चलचित्र अब एक हप्ता अगाडि नै प्रदर्शन हुने जानकारी दिएका छन् ।

आइतबार एउटा पोस्टरमार्फत् आगामी असोज ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । अब घटस्थापनाको अर्को चलचित्र ‘बेहुली फ्रम मेघौली’ सोलो प्रर्दशन हुने भएको छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ भने राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी लगायतको पनि अभिनय छ । यो चलचित्रमा सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन छ ।

राजधानी मिडिया एड प्रोडक्सन एवं प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको चलचित्रका कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । यसअघि सन् २००८ मा पनि ‘सानो संसार’ शीर्षकमा चलचित्र बनेको थियो । सोहि शीर्षक सापटी लिएर भिन्न कथामा निर्माता कुमारले चलचित्र बनाएका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।