१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बेहुली फ्रम मेघौली’सँग नजुध्ने भयो सानो संसार’, घटस्थापना अघि नै प्रदर्शन



काठमाडौँ 
९ भदौं । नेपाल चलचित्रकी चिरपरिचित जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई सोलो प्रर्दशन गर्न सहयोग गर्दै चलचित्र ‘सानो संसार’, घटस्थापना अघि नै प्रदर्शन हुने भएको छ ।

चलचित्र ‘सानो संसार’, घटस्थापना अघि नै प्रदर्शन हुने भएपछि चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई फाइदा हुने देखिएको छ ।

निर्माता अर्जुन कुमारले असोज १७ गते अर्थात् घटस्थापनामा आउने भनिएको चलचित्र अब एक हप्ता अगाडि नै प्रदर्शन हुने जानकारी दिएका छन् ।

आइतबार एउटा पोस्टरमार्फत् आगामी असोज ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । अब घटस्थापनाको अर्को चलचित्र ‘बेहुली फ्रम मेघौली’ सोलो प्रर्दशन हुने भएको छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ भने राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी लगायतको पनि अभिनय छ । यो चलचित्रमा सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन छ ।

राजधानी मिडिया एड प्रोडक्सन एवं प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको चलचित्रका कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । यसअघि सन् २००८ मा पनि ‘सानो संसार’ शीर्षकमा चलचित्र बनेको थियो । सोहि शीर्षक सापटी लिएर भिन्न कथामा निर्माता कुमारले चलचित्र बनाएका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।