१० भदौ । काठमाडौं बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका एक व्यक्तिको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ४० वर्षीय रुपक बान्तवाको हत्या भएको हो ।
गएराति करिब १ः४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका थिए । उपचारको क्रममा सिभिल अस्पतालमा उनको मृत्यु भएको हो।
बान्तवाले काठमाडौं महानगरपालिका– १० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए। उनको हत्या कसले र किन गर्यो खुलेको छैन।
प्रतिक्रिया