३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनमा कृष्ण भक्तहरुको भीड (तस्विरहरु)



ललितखबर
१० भदौं । आज कृष्णजन्माष्टमी । ललितपुरको पाटन दरवारपरिसरमा रहेको कृष्ण मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । एकाविहानैदेखि राजधानीका काठमाडौंको किर्तिपुर,साँखु बुढानिलकष्ठ भक्तपुरका विभिन्न भूभागसँगै ललितपुरका शहरी क्षेत्र र दक्षिण ललितपुरबाट समेत भीड आउछन् ।


वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
कृष्ण मन्दिरमा मध्यराती १२ बजेबाट नै भक्तजन लाइन बस्दै आएका थिए ।


आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस कृष्ण मन्दिरमा राष्ट्रप्रमुखले समेत दर्शन गर्न आउने चलन छ ।

 

 

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : ०९ बजे