१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सहकारीपिडितले बचत फिर्ताको माग राखेर सडक प्रर्दशन गर्दै



 

१० भदौ । सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारलाई दवाव दिनका लागि सडक प्रर्दशन गर्ने भएका छन् । अभियानकर्मीले राजधानीमा पत्रकार सम्मेलनमार्फत सडक आन्दोलनको तयारीबारे जानकारी दिएका हुन् ।
सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्ने माग अघि सार्दै राजधानीमा पत्रकार सम्मेलनमार्फत दबाब दिएकोे हो ।

महासङ्घले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक प्रदर्शन गर्न बाध्य हुने अवस्था आएको बताएको छ ।
महासङ्घका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए छन् । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१ औंँ दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि सडक प्रदर्शन गरिने जानकारी पनि उनले दिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १२ : ४१ बजे