९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेर्ने कथाः प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री ओलीको निर्देशन



१२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथा प्रकाशित भएका पात्र प्रकाश तामाङलाई नागरिकता दिलाउन सक्रियता देखाएका छन् । हेर्न कथाले हराएका वर्षहरुमा सानै उमेरमा हराएका काले तामाङलाई भोजपुरमा रहेका आमा बाबुसँग भेट गराइदिएका थिए । उनले हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि आफ्नो सचिवालयलाई मार्फत कार्यक्रम प्रस्तोता विद्या चापागाईँ र प्रकाशलाई फोन गरेर नागरिकता दिलाउने आवश्यक सहयोग गर्ने ,केही दिन भित्रै नागरिकता पाउनेगरी सहजीकरण गराएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।