ललितपुर
१२ भदौं । नेपाली रजतपटमा नाम चलेका दुई अभिनेताको चलचित्रहरु एकै दिन प्रर्दशन सुरु गरेर भिडन्त हुने भएको छ ।
चलचित्र ‘मायावी’ र एक्टर’ तिहार लक्ष्मीपुजाकोको अवसर पारेर कात्तिक १५ गतेदेखि देशभर प्रर्दशन हुने भएको छ ।
चलचित्र ‘एक्टर’मा प्रदीप खड्का रहेका छन् भने चलचित्र ‘मायावी’मा पल शाहले अभिनय गरेका छन् ।
नाम चलेका दुई कलाकारको चलचित्र एकै मितिमा आउने निश्चित भएपछि दशैंजस्तै तिहारको बक्स अफिस भिडन्त पनि रोचक हुने देखिएको छ ।
चलचित्र ‘मायावी’ को मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् भने पल र दीपिकासँगै चलचित्रमा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै छन् ।
चलचित्रका निर्माता राज कटुवाल,चन्द्र पन्त र ध्रुव प्रसाद न्यौपाने हुन् । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र सुमित ओली छन् ।
क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।
प्रतिक्रिया