९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भारत लगेर मिर्गौला तस्करीः ललितपुरका शंकर खत्रीसहित दुई जना पक्राउ



१२ भदौ । मिर्गौला तस्करी गरेको आरोपमा मानव बेचबिखन ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भिमफेदी गाउँपालिका घर भएकी ४२ वर्षीया शान्तिमाया घलान छन् ।

एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन सकिने प्रलोभनमा पारेर उनीहरूले पीडितलाई भारतको कलकत्तामा पु¥याएर मिर्गौला तस्करी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रका अनुसार उनीहरुले मिर्गौला दिँदा ‘धर्म हुन्छ’ भनेर समेत प्रलोभनमा पारेका हुन् ।

पीडितको नागरिकता समेत नक्कली बनाएर उनीहरुले काठमाडौँबाट वीरगन्ज हुँदै सुमोमा चढाएर कलकत्तामा पु¥याएर तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।