१२ भदौ । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा नेपालले हार बेहोरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइन खेलमा नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसीपको उपाधि जितेको हो ।
बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री किक मार्फत गोल गर्दै पहिलो अग्रता लिएको थियाे ।
मिराजुल इस्लामले बंगलादेशका लागि पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ५५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर र ७१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रतालाई तेब्बर बनाएको थियो । दोस्रो गोल पनि इस्लामले नै गरेका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले थप एक गोल गरेको थियो । नेपालका समिर स्याङताङले खेलको ८१औं मिनेटमा एक गोल फर्काएका थिए ।
प्रतिक्रिया