८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुई महिला मृत अवस्थामा फेला



भक्तपुर
१२ भदौं । राजधानीमा दुई महिला मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुरको ताथलीस्थित ईट्टाभट्टा र टेकुस्थित बागमती खोलामा एक एक जना महिला मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–९ ताथलिस्थित ईट्टाभट्टामा काम गरी बस्ने दाङ घर भएकी ३७ वर्षीया मिन कुमारी घर्ती सोही ईट्टाभट्टामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
साथै काठमाडौं महानगरपालिका–१२ टेकुस्थित बागमती खोलामा सोही महानगरपालिका– ११ थापाथली सुकुम्बासी बस्तीमा बस्ने नुवाकोट लिखु गाउँपालिका–४ घर भएकी ७१ वर्षीया बुद्धलक्ष्मी राई बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : १९ बजे