८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीमा गएराती भएको दुर्घटनामा एक पुरुषको मृत्यु



१३ भदौं । काठमाडौंको कलंकीमा भएको दुर्घटनामा एक परिचय नखुलेका पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डास्थित सडकमा कलंकीबाट थानकोटतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले गएको राती ठक्कर दिएको थियो ।
दुर्घटनापछि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
हाल फरार सवारी साधनको प्रहरीले खोजी भइरहेका र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ७ : ३४ बजे