९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र विकास बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस



१३ भदौ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेशराज दाहाल (दिनेश डिसी), फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेश कुमार थापाले जानकारी दिए ।

सिफारिस समितिले यी तीनजनाको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसामु सिफारिस गरेको छ । सिफारिस गरिएका यी तीनमध्ये कुनै एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

मन्त्रिपरिषदको नियमित बैठक बिहीबार बस्दैछ । अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ११ : ४९ बजे