३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रादेशिक खेलाडीलाई तलब, विश्वकप खेलेका खेलाडीलाई ३ लाख



१३ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

बैठकले देशका सबै सात वटै प्रदेश क्रिकेट संघका कूल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले हरेक प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले बजेट उपलब्ध गराउने भएपनि प्रदेश आफैंले नै खेलाडीसँग सम्झौता गर्ने पनि निर्णयमा उल्लेख छ ।

यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ । हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्रल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् । पछिल्लो पटक हरेक प्रदेशबाट एकएक जनालाई समेत सेन्ट्राल कन्ट्याक्टमा राखिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ३ : ३४ बजे