९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेलमा हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ



१४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्। शुक्रबार काभ्रेको धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो।

नेपाल आयल निगमको सहयोगमा विश्वविद्यालयले कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।