३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा उछाल, बढ्यो दुई सय ३९ कम्पनीको शेयर मूल्य



१७ भदौ । सोमबार नेप्से परिसूचकमा उछाल आएको छ । आज शेयर बजार १२७.३२ अंकले बढेर २,८८३ को विन्दुमा कायम भएको छ । बजारमा उछाल आएसँगै २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने पाँच कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । जसमध्ये आज नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यस्तै, आज कारोबार समय भरिमा ३३५ कम्पनीको तीन करोड १४ लाख कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख माथिको कारोबार भएको छ । आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै अपि पावरको ४१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १० : ५९ बजे