२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट हेटौंडा जाँदै गरेको मोटरसाइकल भीरबाट खस्यो



१७ भदौ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल भीमफेदी गाउँपालिका–६ जुरीखेतको एघार घुम्तीबाट भीरमा खसेर दुर्घटना भएको छ। कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डमा पर्ने उक्त स्थानबाट मोटरसाइकल सहित भीरमा खस्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सोमबार (आज) अपराह्न ४ः३० बजेतिरको समयमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश २–०३–०११ प ३४७४ नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ लक्षुमन्वा बस्ने वर्ष ४० को वृत नारायण यादव गम्भीर घाइते भएका छन्।

यस्तै, सोही मोटरसाइकलको पछाडी बसेका बारा जिल्लाको फेटा गाउँपालिका–७ बस्ने ३६ वर्षका रमेश पाण्डे मध्यम घाइते भएका छन्। दुवैजनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकाे छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।