३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एकविहानै भूकम्पको धक्का महसुस,काठमाडौं उपत्यका समेत हल्लायो



काठमाडौँ
१८ भदौ । आज एकविहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भुकम्पको धक्का काठमाडौंसम्मै महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
२०७२ को महाभुकम्पपछि निरन्तर हजारौं संख्यामा पराकम्प गइरहेका छन् । पछिल्लो समयमा पश्चिम नेपालमा धेरै भूकम्प गइरहेको छ ।
इण्डियन प्लेट र चाइनिज प्लेट सर्दै जाँदा नेपाल आसपास भुकम्पको धक्का महसुस हुने भुकम्पविदहरुको भनाई छ । नेपाल भुकम्पको जोखिम रहेको मुलुक रहेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ४९ बजे