३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


६.९० अंकले बढ्यो नेप्से परिसूचक



१८ भदौ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ६.९० अंकले बढेर २,८३० को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्य स्थिर छ ।

बजार सामान्य अंकले बढ्दा पनि आजको पुँजी बजारमा सात कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त वित्तीय संस्था र विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

यस्तै, आज कारोबार समय भरिमा ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै गुडविल फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १० : ०६ बजे