९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेनको चेतावनी : पोस्ट गलत भए मलाई समाऊ, हैन भने दोषी समाऊ



१८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू गलत हो भने पक्राउ गर्न चेतावनी दिएका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर शाहले आफ्नो फेसबुक पोस्ट हटेकोबारे संक्षिप्त टिप्पणी गरेका छन्।

दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे मेयर बालेनले लेखेको स्टाटस फेसबुकले हटाएको थियो।

त्यसप्रति जवाफ दिँदै उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ,’ मेयर बालेनले भनेका छन्।

लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकोमा किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए।

ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए।

 

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।