३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


प्यारालिम्पिक्समा पदक विजेता पलेशालाई राजधानीमा भव्य स्वागत ( तस्विरहरु)



१९ भदौं । प्यारालिम्पिक्समा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई भर्खरै राजधानीमा भव्य स्वागत गरिएको छ ।
उनलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खेलकुदसम्बद्ध अधिकारीहरु, खेलाडी र खेलकुद प्रेमीलगायतले स्वागत गरेका हुन् । उनलाई स्वागतको क्रममा बाजागाजासहितको झाँकी निकालिउको छ । झाँकीले अहिले नगरपरिक्रममा गरिरहेको छ ।

पलेशा आज बिहान करिव ८ बजे काठमाडौँ आएकी हुन् । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

उनलाई झाँकीसहितको लावालस्करले एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणसम्म पु¥याइने कार्यक्रम छ । स्वागतमा हजारौंको भीड रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ५३ बजे