३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्र बैंकले दसैँमा नयाँको ठाउँमा सुकिला नोट साट्ने



१९ भदौ । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने भएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार नयाँ नभई यो वर्ष सुकिला नोट प्रयोग गरिने छ । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको हो ।

यसअघि दसैँका लागि राष्ट्र बैंकले केही महिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ५४ बजे