३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तीजको अवसर पारेर स्पोर्ट क्लाइमिंग



काठमाडौ
१९ भदौं । सर्वोच्च शिखर सगरमाथा आरोही कल्पना महर्जनले अगुवाई गरेर तीज अन द वाल (स्पोर्ट क्लाइमिंग) भएको छ । हरेक वर्ष नेपाली महिलाहरुको महान चाड तीजको उपलक्ष्यमा तीज अन द वाल हुने गरेको छ ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तीज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका विभिन्न विधाका खेलाडीहरुले भाग लिएका थिए ।
साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवद्र्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराइदै आएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाङल्हामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । उनले भनिन्,‘तीजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्यापछि प्राप्त गरेको कथा छ । त्यस्तै हामीेले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गरेका हौं ।’
माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।

 

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ३५ बजे