२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सार्वजनिक बिदा भन्दै गलत प्रचार गरेकाे आरोपमा एक जना पक्राउ



१९ भदौ । बुधबार सार्वजनिक बिदा भन्दै गलत प्रचार गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । विदा भन्दै सूचना बनाएर नै सामाजिक संजालमा राखेकाे आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेकाे छ । यद्धपी, यस विषयमा थप पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण भने प्रहरीले खुलाएकाे छैन ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सामाजिक संजालमा गलत सूचना देखेपछि उक्त सूचना जारी गर्ने व्यक्तिको खोजी गरेको थियो । साइबर ब्यूरोसँग समन्वय गरेर नै प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

यसअघि, गृह मन्त्रालयले सार्वजनिक गरेकाे विदाकाे सूचनालाई नै ताेडमाेड गरेर उक्त तस्बिर भाइरल गराइएकाे थियाे । गृहमन्त्रालयको लेटरहेडबाट नै सार्वजनिक बिदा भन्दै आजकाे मिति राखेर गलत सूचना सम्प्रेषण गरिएको थियो ।

भाइरल भएकाे सूचनामा सार्वजनिक विदाकाे कारण भने कतारका अमिर शेख तमिम बिन हमाद अल थानीकाे नेपाल भ्रमण लेखिएकाे छ । कतारका अमिर शेख नेपालमा गत वैशाख ११ गते, मंगलबार आएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।