ललितखबर
२० भदौं । पछिल्लो समय नेपाली अभिनेत्री एकपछि अर्को निर्मात्री बन्ने लहर चलेको छ ।
रेखा थापा, पुजा शर्मा, केकी अधिकारीपछि अभिनेत्री शिल्पा मास्केले निर्माण गरेको चलचित्र ‘देवी’को बुधबार साँझ राजधानीमा प्रिमियर आयोजना गरियो । आफूले निर्माण गरेको चलचित्र प्रिमियरमा अभिनेत्री मास्के मख्ख थिइन् ।
अभिनेत्री मास्के चलचित्र हेरेपछि प्रतिकृया सुन्न आतुर देखिन्थिन् । समाजमा बढ्दै गएको बलात्कारको घटना कम गर्न यस्ता चलचित्र बन्नुपर्छ भन्ने लागेर चलचित्र निर्माण गरेको सञ्चारकर्मीसँग उनले प्रतिकृया दिइन् ।
रेमण्ड गुरुङ,नारायण गुरुङ,उजेन नोर्बु गुरुङ र मिलन लामासँग मिलेर अभिनेत्री मास्केले यो चलचित्र निर्माण गरेकी हुन् ।
डेव्यु निर्देशक संजोग राईले आफू छोरा मान्छे भएको नाताले देशभर बलात्कारको घटना बढेकोमा चिन्ता व्यक्त गरे । देशको कानून परिवर्तन हुनुपर्ने लागेर चलचित्र देबी निर्देशन गरेको उनको भनाई छ ।
आफ्ना दिदीहरुसँगै चलचित्र हेरेका अभिनेता नाजिर हुसेन दिदीहरु रुदै गरेको देखेर मन भारी बनेको बताए ।
अभिनेता गौरव पहारी देशको कानून लचिलो भएकै कारण समाजमा बलात्कारको घटना बढेको तर्क गर्दै कडा कानून बनोस् र समाजमा अपराध नबढोस् भन्ने असल मनसाय राखेर चलचित्र बनेको उनको भनाई छ । भने, सरकारमा बसेकाहरुले कडा कानुन बनाइदिउन् भन्ने मनसाय रहेको उनले बताए ।
अभिनेत्री श्रृष्टि श्रेष्ठले चलचित्र हेरेपछि स्तव्ध बनेकी अनुभव सुनाइन् । जोखिमपूर्ण कथामा चलचित्र निर्माण गरिएको बताउदै अभिनेत्री श्रेष्ठले कलाकारहरुले मनबाट अभिनय गरेको सुनाइन् ।
चलचित्र हेरेपछि कलकार लुनिभा तुलाधर हिंसा र बलात्कारको सन्दर्भमा समाजमा बोल्न सुरु गर्नुपर्ने बताइन् । चलचित्र मनोरञ्जनका लागि भन्दा पनि सोच्नलायक बनेको कलाकार तुलाधारले राय व्यक्त गरिन् । कलाकार, पत्रकार, सञ्चारकर्मी र शुभेच्छुकमाझ चलचित्रको प्रिमियरको प्रिमियर गरिएको थियो ।
प्रतिक्रिया