३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पूर्वनेता थापा राजनीति त्यागेर एकान्त एग्रोतिर



काठमाण्डौ
२० भदौ । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेका छन् । उनले आफुले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको राजनीतिमा रगत, पसिना र जवानी बगाए पनि ब्यक्तिगत रुपमा कुनै खालको अवसर नलिएको दाबी गर्छन्

उनी सधैँ अरुको भ¥याङ हुनुभन्दा व्यवसाय गरेर रोजगारी दिन, राज्यलाई कर तिर्न र नयाँ पिढीँलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन ब्यवसाय थालेको बताउछन् ।
थापाले भक्तपुरको खरीपाटीस्थीत मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा कृषि, पशुपालन र होटललाई एकैठाउँ जोडेर bnएकान्त एग्रो रिर्सोट थालेका हुन् । उनको एकान्त एग्रो रिर्सोट रिर्सोट मात्र नभएर अग्र्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दुध दिने गाई छन् ।उनले करिव २०० लिटर दैनिक दुध बिक्रि गरिरहेका छन् । बस्न, खान आउने पाहुनाहरुको माग पुरा गर्न दर्जनौ हाँस, सयौं लोकल
कुखुरा पालिएको छ । एक सय बढी टर्कि र एक सय हाराहारी नै कालिज पालिएको छ । माछाका दुई पोखरी छन् । जहाँ फिसिङ्ग गर्न पाइने व्यवस्था छ ।

करिव २३ रोपनी क्षेत्रफलमा सुरु गरिएको एग्रो रिर्सोटमा हालसम्म २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिटट्ै उद्घाटन गर्ने लक्ष्य बनाएका माधब थापाले
रिर्सोट निर्माणको काम करिव सक्किएको पनि बताए । रिर्सोट सञ्चालनमा आइसक ेपनि केही संरचना तयारी गरि छिट्टै उदघाटन गरिने उनले बताए । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिर्सोट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमुना हुने उनको भनाइ छ ।
पारिवारीक वातावरणमा होमस्टे बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैले दुन चाहे दोयर दुध खान सकिने,
लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान चाहे पनि मिल्ने, आफनै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अग्र्यानिक उत्पादनहरुको उपलब्धता
भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खशि जस्ता सबै खालका लोकल चीजहरुको उपलब्धता रिर्सोटमा रहेको उनले बताए ।
त्यसैगरी जुम्लाको मार्सी चामल, सिमि, फापरको ढिँडो, कोदो, मकै लगायत सबै खालका अग्र्यानिक खानेकुरा आफनो रिर्सोटमा पाइने उनले बताए । उदघाटन
नएपनि रिर्सोटबाट आम्दानी हुन थालेको थापाले सुनाए । अहिले नै दैनिक ४०–५० हजारको ब्यापार हुन थालेको उनले बताए । फलस्वरुप आफनो रिर्सोटमा ८–१ण् जनाले रोजगारी
पनि पाएको थापाले बताए ।
साथै उनको सो रिर्सोटमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होमस्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टा छुट्टै माटाका घर र पढ्ने लेख्नेहरुका लागि लाइबेरी समेत
बनाइने उनले सुनाए ।
अहिलेको राजनीति घृणित भएको, नेताहरु भष्ट्राचारमा लागेको र आफुहरु जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जिवन कृषि पर्यटनको क्षेत्रमा सर्मपित भएर लाग्ने थापाले बताए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ७ : ०९ बजे