३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर नगरकोटमा ८ वर्षीया बालिका बलत्कृत, युवक पक्राउ



भक्तपुर
२० भदौ । भक्तपुरको नगरकोटमा ८ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ८ वर्षीया बालिकालाई बलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा भक्तपुर नगरपालिका ६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका–१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लामाले ती बालिकालाई बलत्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ७ : ३४ बजे