३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुढानीलकण्ठमा बन्धक बनाएको आरोपमा ४ जना पक्राउ



२० भदौ । बुढानीलकण्ठ नगरपालिका–१ मा युवा –युवतीलाई बन्धक बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका ३३ वर्षीय आशिष देउला, टोखा घर भएका २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ छन् ।
ठमेलको डान्सबार र क्लबमा भेटिएका युवा–युवतीहरूलाई उनीहरुले बुढानीलकण्ठ स्थित देउलाको घरमा लगेर बन्धक बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीले जनाएको छ ।
‘हाउस पार्टी’ गर्ने भनेर घरमा लगेपछि आफूले भने अनुसार नमानेमा उनीहरुले रड तताएर शरीर डामेर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ९ : ०८ बजे