२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भृकुटीमण्डपमा एक हजार एक सय वैदिक पण्डितद्वारा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गरिदै



काठमाडौँ
२० भदौ  । राजधानीको भृकुटीमण्डपमा एक हजार एक सय वैदिक पण्डितद्वारा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गर्ने भएको छ ।
 नेपाल महर्षि वैदिक फाउण्डेशनले विश्व शान्तिको सङ्कल्पका लागि  यी पण्डितलाई फाउन्डेसनले विगत १२ वर्षदेखि देशभरका ९० गुरुकूलमा वैदिक रुद्राभिषेक गराएर तयार पारेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । हाल ९० गुरुकुलमा दैनिक एक सय २१ लघु रुद्राभिषेक नियमित रुपमा चलिरहेका   पत्रकार सम्मेलनमा जानकारी दिइयो । महायज्ञमा १४ हजार ६ सय ४१ पटक रुद्री पाठ गरिने आयोजक संस्थाले जनाएको छ ।
फाउण्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए । महर्षि महेश योगीले २०३१ सालमा नेपाल आउँदा वैदिक ज्ञानका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ अर्थात् ‘नेपाल टु लिड द वल्र्ड’ भनेकाले उनको स्मरणमा महायज्ञ गर्न लागिएको उनले बताए ।
  आगामी कात्तिक २१ गतेदेखि २५ गतेसम्म हुने उक्त महायज्ञमा सनातनी नेपाली नै जजमान हुनेछन् । सनातनीले नै दिएको दानले महायज्ञ गर्ने तयारी फाउण्डेशनले गरेको छ । पत्रकार सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभागका प्रा डा माधवप्रसाद पाण्डेय, धर्मशास्त्र विभागका प्रा डा देवमणि भट्टराई, वेद विषयका प्रा डा आनन्दप्रसाद घिमिरे, इतिहास पुराण विषयका प्रा डा भवानीप्रसाद खतिवडा, फाउन्डेसनका ध्यान शिक्षक भरतराज पौडेल, नेपाली सेनाका अवकाशप्राप्त उपरथी होमनाथ दवाडी, कानुनी सल्लाहकार समीक्षा बाँस्कोटालगायतले महायज्ञको विधि एवं प्रक्रियाका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।