३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य हालसम्मकै उच्च



२१ भदौ । हरितालिका तीजको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा १ हजार ३ सय रूपैयाँले बढेको हो । शुक्रबार सुन तोलाको १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : ०८ बजे