३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र ‘स्त्री–२’ को सानदार कमाई



काठमाडौँ
२१ भदौं । बलिउड चलचित्र ‘स्त्री–२’ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रर्दशनको तेस्रो सातासम्म स्त्री–२ ले ५२६ करोड ४३ लाख कमाई गरेको छ ।

चलचित्र विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले प्रर्दशनको तेस्रो सातामा अहिलेसम्मकै सबै भन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो । यस अघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली– २ को नाममा थियो । बाहुबली –२ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो ।

‘स्त्री–२’ ले यस अघि पहिलो सातामा ३०७ करोड ८० लाख र दोस्रो सातामा १४५ करोड ८० लाख कमाएको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो चलचित्रले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको ‘स्त्री–२’ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : ४० बजे