३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बलिदान’को शुभसाइत



२१ भदौ । चलचित्र ‘बलिदान’को शुभसाइत गरिएको छ । प्रविधि पूजा गर्दै निर्माणपक्षले आज ‘बलिदान’को शुभसाइत गरेको हो ।

“लामो समयदेखि बलिदान निर्माणका लागि हामीले गर्दै आएको अथक मिहिनेत, खोज तथा अनुसन्धान र सिर्जना तथा प्रि–प्रोडक्सनमा गरेको तपस्यापछि यतिखेर हामी प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा होमिएका छौँ,” निर्देशक तथा निर्माता सन्तोष सेनले भनेका छन् ।

सिनेमामा भारतका प्रख्यात टेक्निसियन, क्यामेरा, डलीलगायत भारत र नेपालका दक्ष अपरेटर सम्पूर्ण निर्देशन, टेक्निकल र आर्ट डिपार्टमेन्टका क्रु सदस्यहरूसहित सुभसाइत गरिएको उनले बताएका छन् ।

“ग्रहगोचरका आधारमा आज (भदौ २१ गते) उपयुक्त दिन हुनाले हामीले क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै बलिदानको विगुल फुकेका छौँ,” उनले भनेका छन् ।

सन्तोषले प्राविधिकको खुलेर प्रशंसा गरेका छन् । सन्तोष सेनको निर्देशन रहने चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । यस्तै सौगात मल्ल, अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् ।

यही वर्ष रिलिज हुने सिनेमाको पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । सिनेमाको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुनेछ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १० : २५ बजे