३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रावायण’ हेर्न सिटीसेन्टर पुगेका दर्शकलाई सास्ती



ललितखबर
२१ भदौं । शुक्रबार राजधानीको कमलपोखरीस्थित सिटीसेन्टरमा चलचित्र ‘रावायण’ हेर्न पुगेका दर्शक चलचित्र प्रशारणमा प्राविधिक समस्या आएको भन्दै लामो समय कुर्नु परेको छ ।
चलचित्र भवनमा स्पेशल शोका लागि भन्दै कलाकार, पत्रकार र शुभेच्छुकहरुलाई समेत निर्माण पक्षले निम्त्याएको थियो । विहान ठीक ८ बजे सुरु हुनुपर्ने चलचित्र साडे दश बजे बल्ल सुरु भएको थियो ।
चलचित्रको निर्माण पक्षले आवाजमा समस्या आएको भन्दै नयाँ फाइल मगाएर चलचित्र देखाइएको बताएको छ । लामो समयसम्म चलचित्र हेर्न नपाएपछि कतिपय पाहुना र टिकट काटेका दर्शक चलचित्र नहेरी फर्केका थिए ।
चलचित्रको पर्दामा अन्य विज्ञापन र चलचित्रको आवाज स्प्रष्ट सुनिएको भए पनि रावायणको आवाज नसुनिएपछि चलचित्र देखाउन रोकिएको थियो । विग मुभिजका अन्य हलहरुमा चलचित्र चलेपनि हल नम्बर ३ मा भने चलचित्र चल्न सकेन ।
चलचित्र घोषणाकै बेला प्रर्दशनको मिती घोषणा गरेर काम सुरु गर्दा समयाभावका कारण कतिपय प्राविधिक समस्या आउने एक चलचित्रकर्मीले बताए । शुक्रबारबाट देशभर चलचित्र ‘रावायण’ प्रर्दशन सुरु भएको छ ।
चलचित्र रंगेलीको प्रिमियर शो आयोजना गरिएको समयमा पनि यस्तै समस्या आएपछि ३ घण्टापछि चलचित्र देखाइएको थियो ।एकाविहानै चलचित्र हेर्न पुगेको दर्शक चलचित्र हेरेर करिव १ बजे हलबाट बाहिर निस्केका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १० : ४७ बजे