३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अग्निदहन’ भारतको सीतामढीमा प्रदर्शन



२१ भदौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । चलचित्र नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ ।
चलचित्रका परिकल्पनाकार उपाध्यायले बिहारमा आफ्नो चलचित्रको ऐतिहासिक प्रदर्शन भएको बताए । ‘हामीले त्यहाँ भोजपुरी भाषामा प्रदर्शन गर्यौ । त्यहाँ एसएसबीबाट उच्च सम्मानका साथ यो अभियानको चलचित्र ‘अग्नीदहन’को स्वागत गर्नुभयो । हामी निकट भविष्यमै भारतका विभिन्न राज्यमा र विशेष गरी सीमावर्ती क्षेत्रमा लैजाने तयारी गरेका छौं ।
परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा चलचित्र ‘अग्नीदहन’ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शितलनिवासमा प्रिमियर हुँदैछ ।
उनले आफूहरु पुगेको स्थानका जनताले चलचित्र हेरेपछि ‘बोक्सी हुँदैन रहेछ । यो भ्रम र मनको डर रहेछ’ भनेको स्मरण गरे ।
चलचित्रका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताए । ‘चलचित्रमा थ्रिल, सस्पेन्स सबछ, उनले भने ।
चलचित्र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल संरक्षक छन् ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : २१ बजे