३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन शुरु



काठमाडौँ
२१ भदौं । चलचित्र ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ चलचित्र बसन्तको छायांकन शुरु भएको छ । चलचित्रको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो ।

प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो ।
बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन चलचित्रको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए ।

सुसन प्रजापतिको छायांकन रहने चलचित्रमा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्रीलगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उनले नै तयार पारेका छन् । तीन करोड बजेट अनुमान गरिएको चलचित्रलाई आगामी चैत २२ गतेबाट प्रदर्शन गरिँदैछ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ३ : ०७ बजे